डिशहोमको ‘दिमाग हल्लिने अफर’: ८९९ रूपैयाँमा १०० एमबीपीएस इन्टरनेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो समय देशभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले ‘दिमाग हल्लिने अफर’ ल्याएको छ । 

उक्त अफर अन्तर्गत सेवाग्राहीले रु ८९९ मा १०० एमबिपिएस स्पिडको इन्टरनेट उपयोग गर्न पाउनेछन्। 

यसका साथै उक्त अफर अन्तर्गत इन्टरनेट जडान गर्ने ग्राहकले स्पेन घुम्ने मौका पाउने डिश मिडिया नेटवर्कले जनाएको छ। 

१०० एमबिपिएस इन्टरनेट सबै भन्दा सस्तो मूल्यमा जडान गर्ने मध्ये ४ जनाले स्पेन घुम्न जाने मौका पाउनेछन्। 

डिशहोमका अनुसार स्पेन जाने चार भाग्यशाली विजेताहरूको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरूमा हुने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।