सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष कायम गरिएको जनाएको छ।

केन्द्रले सूचना जारी गर्दै विद्यालयमा कार्यरत कर्मचारीको उमेर हद शिक्षक सरह ६० वर्ष कायम गरिएको जनाएको हो।

केन्द्रले स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई २०६९ मंसिर १० गतेको मन्त्रीस्तरीय निर्णय अनुसार गर्ने गराउने व्यवस्थाका लागि निर्देशन दिएको हो। यसअघि विद्यालयका शिक्षकको उमेरहद कार्यान्वयन भए पनि कर्मचारीको उमेरहदको विषयमा विवाद हुँदै आएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।