नेप्से ५६ अंकले घट्दा ४ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ  ।  साताको पहिलो कारोबार दिन आज शेयर बजार राताम्मे भएको छ । आइतबार नेप्से परिसूचक ५५.९३ अंकले घटेर २५७७.५० अंकमा झरेको छ । यो कारोबार भएको अघिल्लो दिनको तुलनामा २.१२ प्रतिशत कम हो ।

आइतबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स १०.७८ अंकले घटेर ४८६.२७ अंकमा झरेको छ ।

आज सबै समुहको सूचक घट्यो । आइतबार सबैभन्दा धेरै जलविद्युतको ३.९६ प्रतिशत घट्यो । त्यस्तै, होटल एण्ड टुरिजमको ३.३३ प्रतिशत घट्यो ।

आइतबार कारोबार रकममा पनि कमी आयो । आज २३२ कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड रुपयाँ बराबरको कारोबार भयो ।

आज एक कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा मैलुङखोला जलविद्युत कम्पनी रहेको छ । कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा गुह्यश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ९.१९ प्रतिशत घट्यो । त्यस्तथै, साइरङ हाइड्रोपावरको ९.१३ प्रतिशत घट्यो ।

आइतबार सबैभन्दा धेरै कारोबार अपी वापर कम्पनीले गर्यो । अपी पावरले १५ करोड ६ लाख रुपैयाँको कारोबार गर्यो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।