प्रिमियर लिगमा चेल्सीकाे जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबारको खेलमा चेल्सी विजयी भएको छ । उसले १० खेलाडीमा सीमित साउथह्यामटनमाथि ३-१ को जित हात पारेको हो ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन ट्रेभो चालोभ, टिमो वार्नर र बेन चिलवालले १-१ गोल गर्दा साउथह्यामटनका लागि जेम्स वार्डले १ गोल फर्काए । 

खेलको नवौं मिनेटमा चालोभको गोलमार्फत् चेल्सीले अग्रता लिएको थियो । ६१औं मिनेटमा वार्डले पेनाल्टीमा गोल गर्दै साउथह्यामटनलाई बराबरीमा ल्याए ।

७७औं मिनेटमा वार्डले रातो कार्ड बेहोर्दै मैदान छाड्दा साउथह्यामटन १० खेलाडीमा सीमित बन्यो ।

८४औँ मिनेटमा वार्नर र ८९औं मिनेटमा चिलवालले गोल गर्दै चेल्सीको जित पक्का गरे ।

जितसँगै चेल्सी ७ खेलबाट १६ अंकका साथ शीर्षस्थानमा उक्लिँदा समान खेलबाट ४ अंक जोडेको साउथह्यामटन १७औं स्थानमा छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।