बैंक अफ काठमाण्डूको दशैं अफर : कार्डबाहक ग्राहकहरूले २० प्रतिशतसम्मको नगद फिर्ता पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  काठमाडौँ बैंक अफ काठमाण्डू लिमिटेडले दशैँलाई लक्षित गर्दै स्मार्ट दशैँ अफर योजना ल्याएको छ । बैंकको उक्त अफर योजनाअन्तर्गत कार्डबाहक ग्राहकहरूले अब स्मार्ट डोकोको स्मार्ट दशैँ अफरमा २० प्रतिशतसम्म नगद फिर्ता पाउने भएको हो । 

हिन्दु नेपालीहरुको चाड दशैंलाई लक्षित गरी स्मार्ट डोकोले असोज १४ गतेबाट संचालनमा ल्याएको स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहक महानुभावहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता पाउन सक्नेछन् । 

बैंकको कार्डबाहक महानुभावहरुले यस अफरबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरेमा २० प्रतिशत वा अधिकतम रु.१,५०० सम्म नगद फिर्ता पाउनेछन् । 

स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहक ग्राहकहरूले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशतसम्म नगदफिर्ता सहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरू खरिद गर्न सक्नेछन् । 

बैंकले ९० शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।