प्रतिनिधि सभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाको बैठक १४ असोज  सम्मका लागि स्थगित भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको तथा राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गरिएको जानकारी दिएका हुन् ।

२२ भदौ देखि सुुरु भएको प्रतिनिधिसभाको सबै बैठक नेकपा एमालेले अवरोध गर्दै आएको छ । तर सभामुख सापकोटाले आफ्नै ढंगले बैठक अघि बढाइरहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।