परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशीमन्त्री जयशंकरबीचको भेटवार्तामा के के भयो कुराकानी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशीमन्त्री एस जयशंकरबीच भेटघाट भएको छ।

राष्टसंघीको ७६ औं महासभामा भाग लिन न्युयोर्क पुगेका मन्त्री खड्काले नेपाली समयअनुसार आइतबार बेलुकी ९ बजे भारतीय विदेशमन्त्री जयशंकरसँग भेटेका हुन्। 

भेटमा नेपाल -भारत सम्बन्ध, द्विपक्षीय हित, नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ। शनिबार परराष्ट्रमन्त्री खड्काले बंगलादेशका विदेशमन्त्री अब्दुल मोमेनसँग भेटघाट गरेका थिए।

असोज ६ गते प्रधानमन्त्री शेरबहादुर देउवाले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका थिए। सोहि दिन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री खड्का न्यूयोर्क गएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।