तारकेश्वर नगरपालिकामा १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको पहिलो डोज खोप, यी हुन् केन्द्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा असोज ११ गते अर्थात सोमबारदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिइने भएको छ ।

स्वास्थ्य कार्यालय तारकेश्वरका प्रमुख विनोद कुमार शाहका अनुसार यही ११ गतेदेखि १३ गतेसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्ष माथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिन लागेको हो ।

खोप प्रदान गर्न नगरपालिका ११ वटा स्थानमा खोप केन्द्र तोकिएको छ । खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय तारकेश्वरले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।