प्रधानमन्त्री देउवा स्कटल्याण्ड भ्रमणमा जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण स्कटल्याण्डबाट हुने भएको छ । 

प्रधानमन्त्री देउवा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा सहभागी हुन स्कटल्याण्डको ग्लास्गो सहर जान लागेका हुन् ।

प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा हुने ग्लोबल लिडर समिटमा सहभागी हुनेछन् । सो सम्मेलनमा विश्वका धेरै देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख सहभागी हुने तय छ ।

ग्लास्गो सहरमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म हुनेछ । नेपालले जलवायु परिवर्तनबाट परेको असरबारे आवाज उठाउने भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।