यस्ता छन् नियमित पारिजात सेवन गर्नुका फाइदाहरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  पारिजातमा धेरै औषधीय गुणहरू हुन्छ र धार्मिक दृष्टिले पनि यसको धेरै महत्व रहेको छ।  पारिजातको फूल देखि लिएर पात,बोक्रा वा यसको बीउ पनि उपयोगी हुन्छ। यसको चिया पनि स्वादिष्ट हुनुका साथै हाम्रो स्वास्थ्यको लागि लाभकारी हुन्छ। यसले स्वास्थ्यको साथै सौन्दर्य बढाउन पनि निकै मद्दत गर्छ । यसको नियमित रूपमा सेवन गर्नाले जोड सम्बन्धि समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ।

– पारिजातको पात पानीमा उमालेर पिउनाले खोकी निको हुन्छ। यसलाई चियामा उमालेर वा पातलाई पिसेर महमा मिलाएर पनि सेवन गर्न सकिन्छ ।

– ज्वरो ज्वरो आउँदा पारिजातको पातको चिया बनाएर खानु निकै फाइदाजनक हुन्छ। डेंगु, मलेरिया तथा ज्वरो पनि निकै पार्ने क्षमता पारिजातम हुन्छ  

– पारिजातलाई पाइल्सको निकै राम्रो र असरदार औषधि मानिन्छ। त्यसको लागि पारिजातको बिउको सेवन गर्नु वा बिउको लेप बनाएर सम्बन्धित ठाउँमा लगाउनु फाइदाजनक हुन्छ।

 – ह्रोदय सम्बन्धि रोगको लागि पारिजातको प्रयोग निकै लाभकारी साबित हुन्छ। पारिजातको फूल वा यसको रसको सेवन गर्दा यसले हृदय सम्बन्धि रोगको नियन्त्रण गर्छ।

– दम श्वास९प्रश्वास सम्बन्धि रोगहरूको लागि पारिजातको बोक्राको पाउडर पानको पातमा राखेर खानु निकै लाभकारी हुन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।