साहस उर्जाको आईपीओ आजदेखि बिक्री खुल्ला,कति कित्ता भर्नु उपयुक्त ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साहस ऊर्जा लिमिटेडले असोज ६ गतेदेखि  ७० लाख कित्ता साधारण सेयर (आईपीओ) विक्री खुला गरेको छ ।

कम्पनीले पहिलो चरणमा साउन २९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण शेयर  (आईपीओ)  निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर २४ गते, बुधबार सेबोनमा निवेदन पेश गरेको थियो । कम्पनीले ३५ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानियहरुका लागि बिक्री गरिसकेको छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ।

कम्पनीको आइपीओमा असोज १० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै शेयर विक्री नभएमा ढिलोमा असोज २० गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखाका साथै मेरो शेयर मर्फत आवेदन दिन सक्नेछन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।

कम्पनीले सर्वसाधरणलाई ६४ लाख ४० हजार कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा ६ हजार ४४ हजार जनालाई मात्र शेयर दिन पुग्छ ।

यसअघि खुलेका आइपीओमा २४ लाख बढीले आवेदन दिँदै आएका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।