इसेवा मनि ट्रान्सफरको ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इसेवा मनि ट्रान्सफरले नेपालीहरूको महान चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत इसेवा मनि ट्रान्सफरमार्फत रेमिट्यान्स् पठाउने व्यक्तिमध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टिभी तथा बम्पर उपहारमा एक जनाले होण्डाको डियो स्कुटी जित्न सक्नेछन् ।

यस योजनामा सहभागी हुन विश्वभर रहेका दुई सयभन्दा बढी मुलुकबाट इसेवा मनि ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउनुपर्ने जनाइएकाे छ ।

यस्तै इसेवा मनिका नेपालभर रहेका ८ हजार बढी एजेन्ट नेटवर्कमार्फत आन्तरिक रूपमा विप्रेषण पठाएमा पनि यस योजनामा सहभागी हुन सकिन्छ ।

यो योजना असोज २ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुनेछ । इसेवा मनि ट्रान्सफरले डिजिटल तथा परम्परागत शैलिको माध्यमबाट ईसेवा वालेट तथा ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ ।

इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीलाई आठ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।