नुवाकोट क्षेत्र न १ को क्षेत्रीय सभापतिमा शिव गुनिको उम्मेदवारी घोषण !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नेपाली कांग्रेसको चौधौं महाधिवेशनलाई लिएर सरगर्मी बढेको छ । नेपाली कांग्रेस नुवाकोटको  क्षेत्र न १ मा क्षेत्रीय सभापतिमा शिव गुनीले उम्मेद्वारी घोषणा गरेका छन् । 

कांग्रेसको १४ औँ महाधिवेशनका क्रममा हुने क्षेत्रीय अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘सङ्गठनलाई सबल सक्षम र सबैको भवाना समेटेर अगाडि बढाउन आफुले क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेको गुनिले एक्ट प्रो नेपाललाइ वताए’ । गुनिले भने ‘वैचारिक रूपमा सबल र सांगठनिक हिसाबले चुस्त पार्टी बनाउने अभियान अन्तर्गत मैले साथीहरुको सल्लाह तथा सुझावका आधारमा क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिने सोचाइ बनाएको हु ।’

लामो समय देखि काङ्ग्रेस राजनीतिमा सक्रिय गुनि नुवाकोट किसान संघको जिल्ला अध्यक्ष समेत हुन । 

केन्द्रीय सहमहामन्त्री डा प्रकाशशरण महत सहित ४ जना केन्द्रीय सदस्य रहेको नुवाकोट जिल्लामा चौधौं महाधिवेशन लाई विशेष महत्वकाको रूपमा हेरिएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।