पोखरा पुगेर किसान श्रेष्ठले भने- ‘हाम्रो पार्टीको शक्ति निर्वाचनमा देखाइदिन्छौं’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता एवम् सांसद् किसान श्रेष्ठले आगामी निर्वाचनमा आफूहरूको दलले नेकपा एमालेभन्दा बढी मत ल्याउने दाबी गरेका छन् ।

गण्डकीमा माधव नेपाल पक्षलाई तत्कालीन समयमा केपी ओलीले टिकट नदिएकैले अहिले आफूहरू कमजोर हुन पुगेको श्रेष्ठको भनाइ छ । पोखरामा आयोजित विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् ।

‘गण्डकीका १८ वटा क्षेत्रमा एउटा पनि टिकट दिइएन । अनि माधव नेपाल पक्ष कसरी बलियो हुन्छ ? आजदेखि नेकपा एकीकृत समाजवादीले बिगुल फुक्यो, आजदेखि देखाइदिन्छौं हामी कमजोर हो कि के हो भनेर,’ उनले भने, ‘हाम्रो पार्टीलाई कसैले कमजोर नआँक । हाम्रो पार्टीको शक्ति कति छ आगामी आम निर्वाचनमा देखाइदिन्छौं ।’   

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।