दशैंका लागि आजदेखि नयाँ नोट साटन पाइने, यस्तो छ सटही व्यवस्था

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैंलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ ।

नेपाल राष्ट्र बैंकले दशैँमा नयाँ नोटको विशेष महत्त्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको बताएको छ ।केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।

वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट सटही गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । कोरोना भाइरसको सक्रमणंको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कता अपनाइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

यस्तै काठमाण्डौ उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशमा रहेको कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गएर नोट सटहीको सुविधा लिन सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।