विश्वकप क्रिकेट लिग–२ क्रिकेट: नेपालले ओमानलाई ७ विकेटले हरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ।

घरेलु मैदान अल अमिरातमा ओमानले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८।२ ओभरमा तीन विकेटको क्षतिमा भेट्टाएको हो।

नेपालले टस जितेर बलिङ रोजेपछि पहिले व्याटिङ गरेको ओमान ३७ ओभर एक बलमा १२१ रन जोड्दै अलआउट भएको थियो। उसका लागि जीशन मक्सूदले ४१, जतिन्दर सिंहले १३, नसीम खुशीले १२ र कलीमुल्लाहले ११ रन जोडेका थिए।

ओमानलाई सस्तैमा समेट्न करन केसी र सन्दीप लामिछानेले चार–चार विकेट लिए। शरद भेषावकरको नाममा दुई विकेट रह्यो।

१२२ रनको लक्ष्य लिएर जवाफी व्याटिङ थालेको नेपालले १८ ओभर दुई बलमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे। यस्तै आशिफ शेख ४० रन बनाएर आउट भए।

शृंखलाको आफ्नो पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल त्यसपछि ओमान र अमेरिकासँग लगातार दुई खेलमा पराजित भएको थियो।

४ खेलको सिरिजमा नेपालले २ मा मात्र जित निकालेको छ। पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। आजकाे जितसँगै लिग–२ मा नेपाल ८ अंक जोडेर चाैथाे स्थानमा उक्लिएकाे छ।

ओमान १३ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा छ। लिग–२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाइमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।