एमाले स्थायी कमिटी बैठक आज बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो १ बजे बैठक बस्ने एमाले केन्‍द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

स्थायी कमिटीमा विधान महाधिवेशनमा पेस गर्न विधान संशोधन प्रस्ताव, संगठनसम्बन्धी प्रतिवेदन, राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ। एमालेले १५-१७  असोजमा विधान महाधिवेशनआयोजना गर्दैछ।

त्यसअघि एमालेले आजै च्यासलमै संविधान दिवसका अवसरमा कार्यक्रम गर्दैछ। बिहान ११ बजे आयोजना हुने संविधान दिवस कार्यक्रमका प्रमुख वक्ता एमाले अध्यक्ष केपी शर्मा ओली रहनेछन्। च्यासलमै साढे ११ बज पार्टी प्रवेश कार्यक्रम पनि तय भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।