मन्त्रिपरिषद्ले एक हप्ताभित्रै पूर्णता पाउँछ : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद्ले अबको एक हप्ताभित्रै पूर्णता पाउने बताएका छन् ।

मीनभवनस्थित पार्टी कार्यालय सुरुवात कार्यक्रममा नेता नेपालले अबको एक हप्ताभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् । 

‘मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ तर अबको एक हप्ताभन्दा ढिलाई हुँदैन’ नेपालले भने । आफूहरू आज वा भोलि जतिखेर पनि सरकारमा जान तयार रहेको नेपालले बताए । 

उनले आफ्नो दल कुनै पद प्राप्तिको लागि गठन नभएको भन्दै देश र जनताप्रति समर्पित भएर अघि बढ्ने पनि उनले बताए । 

‘हामी गफ लाउने होइन, काम गरेर देखाउँछौं । हामी यथार्थ कुरा गर्नेछौं, सपनाको तरेलीमा, कल्पनाको उडानमा बग्दै जनतालाई अल्मल्याउन दशथरी कुरा गर्दैनौं’ उनले भने, ‘हामी सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यता चिर्नेछौं ।’

नेपालले पाँचदलीय गठबन्धनलाई आगामी निर्वाचनसम्मै लैजाने पनि उनको भनाई थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।