नेपाल र विश्व बैंकबीच ६ अर्ब ८७ करोड बराबरको ऋण सम्झौता, शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्व बैंकसँग दुई छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । 

नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि करिब पाँच अर्ब ८७ करोड (पचास मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको हो ।

अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच नेपालको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र नेपाल, माल्दिभ्स तथा श्रीलंकाका लागि विश्व ब्यांकका राष्ट्रिय निर्देशक फ्यारिस हदाद जार्वोसले सम्झौतामा हस्ताक्षर गरेका छन्।

हस्ताक्षर समारोहमा अर्थसचिव मरासिनीले यो सहयोगले नेपाललाई परेको वित्तीय आवश्यकताको परिपूर्ति गर्ने बताए। उनले कोभिड-१९ महामारीपछि विद्यालय र स्वास्थ्य क्षेत्रको सुधार गर्न विश्व ब्यांकले गर्ने वित्तीय सहयोग प्रभावकारी हुने बताए।

विश्व ब्यांकका राष्ट्रिय निर्देशक फ्यारिसले यस किसिमका सहकार्यले नेपालको शिक्षा तथा स्वास्थ्य प्रणालीलाई समावेशी र उत्पादनशील बनाउनमा योगदान गर्ने विश्वास व्यक्त गरे।

ऋण रकमले नेपालको विपन्न वर्गलाई लक्षित गरी छात्रवृत्ति दिई शिक्षामा सबैको पहुँचलाई सुनिश्चितता गर्न मद्दत पुग्ने मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। त्यस्तै यो सहयोगले नेपालको स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।