लागूऔषध ब्राउनसुगरसहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगंज । बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ स्थित सडकबाट करिब ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङ गढुवा गाउँपालिका–६ बस्ने २५ वर्षीय करन मल्ल र दाङ लमही नगरपालिका(५ बस्ने २५ वर्षीय तिमथी रानामगर रहेका छन्। जमुनाह चेक प्वाइन्टमा ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।

त्यस्तै मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाबाट ८ सय मिलिग्राम ब्राउनसुगर सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–१६ बस्ने १९ वर्षीय मनु दास र भारत अररिया जोगबनी–१० टिकुलिया बस्ने २८ वर्षीय प्रमोद यादव रहेका छन्। 

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।