आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपाल र ओमानबीचको खेल आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आज नेपालले ओमानसँग एकदिवसीय खेल खेल्दै छ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज (मंगलबार) ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो।

ओमानको अल अमिरात क्रिकेट मैदानमा खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ।घरेलु टिमविरुद्ध नेपाल जितको लक्ष्यसहित मैदानमा उत्रँदै छ।

नेपालले सिरिजअन्तर्गतको पहिलो खेलमा अमेरिकालाई हराएको थियो। सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।

ओमान लिग–२ को शीर्ष स्थानमा रहेको टिम हो। ओमानले १० खेलमा १६ अंक जोडेको छ।नेपाल ५ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

लिग–२ को शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन्।  यसअघि लिग–२ को सिरिजअन्तर्गत नेपालले घरेलु मैदानमा ओमानसँग खेलेको  दुई खेलमा पराजित भएको थियो।

टियु क्रिकेट मैदानमा २०२० को फेब्रुअरी ५ मा भएको खेलमा नेपाललाई ओमानले १८ रनले हराएको थियो। त्यस्तै ९ फेब्रुअरीमा भएको दोस्रो भेटमा ओमानले नेपाललाई ८ विकेटले हराएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।