के हो निपाह भाइरस ? कसरी सर्छ ? यी हुन् लक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको केरला राज्यमा देखिएको निपाह भाइसरको सङ्क्रमण नेपालमा समेत देखिन सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सतर्क गराउँदै यसका लक्षण र रोकथामका उपायहरू सार्वजनिक गरेको छ ।

निपाह भाइरस पशुबाट मानिसमा सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको सङ्क्रमण हो । यस भाइरस प्राकृतिक रूपमा फ्रूट ब्याट भन्ने प्रजातिको चमेरोमा पाइन्छ ।

यो सङ्क्रमित चमेराबाट सुँगुर, गाई, गोरूजस्ता जनावर हुँदै मानिसमा सर्छ । सङ्क्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा पनि सङ्क्रमण सर्न सक्छ ।

साथै, सङ्क्रमितको रगत, दिसा, पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपाह भाइरसको सङ्क्रमण सर्छ । निपाह भाइरस सङ्क्रमण भएका कोही व्यक्तिमा साधारण र कोहीमा श्वासप्रश्वाससम्बन्धी गम्भीर लक्षण देखिन सक्छ ।

यी हुन् निपाह भाइरसका लक्षण

१. ज्वरो आउने

२. वाकवाकी लाग्ने

३. टाउको दुख्ने

४. टन्सिलाइटिस

५. रिंगटा लाग्ने

६. मांसपेशी दुख्ने

७. श्वासप्रश्वासमा कठिनाइ हुने ।

निपाह भाइरसको रोकथाम कसरी गर्ने ?

निपाह भाइरसबाट जोगिनका लागि मन्त्रालयले विभिन्न सुझाव दिएको छ ।

१. फलफूल राम्रोसँग पखालेर मात्रै खाने

२. तरकारी सकेसम्म पकाएर खाने

३. गाईवस्तुको गोठ र फार्म सफा राख्ने

४. मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने

५. सकेसम्म पानी उमालेर मात्रै पिउने

६. बेलाबेलामा साबुनपानीले हात धुने

७. भिडभाडमा जाँदा मास्क लगाउने ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।