निशान लिफमा टेस्ट ड्राइभ सप्ताह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निशान कम्पनीले जापानमा उत्पादित विद्युतीय गाडी निशान लिफ काठमाडौंमा टेस्ट ड्राइभका लागि उपलब्ध गराएको छ।

नेपालमा निशान तथा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले भदौ २८ देखि असोज ४ गतेसम्म निशान लिफ टेस्ट ड्राइभ सप्ताह सञ्चालन गर्न लागेको हो । यो सप्ताहमा सहभागी इच्छुक ग्राहकले टेस्ट ड्राइभ गरी विभिन्न उपहार जित्नुका साथै एक्सचेन्ज सुविधा, मूल्यांकन सुविधा तथा वित्तपोषण सुविधा पाउनेछन्।

टेस्ट ड्राइभ सप्ताह निशान कम्पनीको काठमाडौंमा रहेको थापाथली तथा उत्तरढोका सोरुममा बिहान १० बजेदेखि सुरु हुनेछ।

निशान लिफ नेपालमा ११ रंगमा उपलब्ध छ ।  यो गाडीको ४ ड्राइभिङ मोड तथा विश्वस्तरीय सुरक्षा मापदण्ड एबीएस, ईबीडी तथा बीएले गर्दा विभिन्न प्रकारका सडकमा प्रयोग गर्न सजिलो तथा सुरक्षित रहेको कम्पनीको दाबी छ।

सुरक्षा मापदण्डका हिसाबले विश्वव्यापी रूपमा निशान लिफमा मृत्यु हुनेको संख्या शून्य रहेको कम्पनीले बताएको छ।

यो गाडीको ब्याट्रीमा कम्पनीले ८ वर्षे वारेन्टी दिँदै आएको छ, जुन कुनै अन्य गैरविद्युतीय गाडीको तुलनामा ग्राहकलाई धेरै सस्तो पर्छ।

निशान लिफ ४० किलोवाट आवर ब्याट्रीको साथमा उपलब्ध छ, जसले ३११ किमिसम्मको दूरी तय गर्छ । यसको इलेक्ट्रिक मोटरले १५० पीएस र ३२० एनएम टर्क दिन्छ । त्यस्तै, निशान लिफको अधिकतम गति १४० किमि÷घन्टा छ । नेपालमा वातावरणमैत्री सवारीसाधन चलाउन इच्छुक ग्राहकका लागि कम्पननीले निशान लिफको ५९ लाख ९९ हजार रुपैयाँमा मूल्य तोकेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।