बलात्कार आरोपमा १७ वर्षीय किशोर पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत । पैयुँ गाउँपालिकाका १७ वर्षीय किशोर बलात्कारको आरोपमा पक्राउ परेका छन्। उनीमाथि ३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार ती किशोरले गत वैशाख १५ गते बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ। पीडित भनिएकी महिलाका दाजुले उजुरी दर्ता गरेका हुन्। उजुरीमा खेतमा गएकी ती महिलालाई साँझ करिब पाँच बजे ती किशोरले बलात्कार गरेको दाबी गरिएको छ।

भदौ २५ मा उजुरी आएपछि ती किशोरलाई भदौ २६ मा नियन्त्रणमा लिएर निगरानीमा राखिएको थियो। घटनाको विषयमा अनुसन्धान चलिरहेको र आरोपितलाई भदौ २७ मा पर्वत जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दा शीर्षकमा पाँच दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।