प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं।  प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ । प्रमुख विपक्षी नेकपा एमालेले संसद् बैठक शुरु हुनासाथ अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि  स्थगित गरेका हुन् । 

सभामुख अग्प्रिसाद सापकोटाले पटक पटक बैठक सञ्चालन हुने वातावरण बनाउनको लागि एमालेका सांसदलाई आग्रह गरे पनि एमालेका सांसदहरूले भने नाराबाजी गरिरहे ।

नाराबाजीमा उत्रिएका एमाले सांसदहरूलाई समस्या समाधानका लागि संवादमा आउन आग्रह गर्दै सभामुख सापकोटाले बैठक स्थगित गरेका हुन् । यसअघि बुधबार र शुक्रबार दुई दिनको बैठकमा पनि एमाले सांसदहरूको नाराबाजी भएको थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।