काठमाडौं। उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपालले ४८ खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाएको छ। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले शनिबार ४८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्।
नेपाली टिमको बन्द प्रशिक्षण सोमबारबाट सुरु हुनेछ। छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन्। ताजिकिस्तानमा हुने समूह ‘बी’ छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ।
नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग खेल्नेछ। यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग खेल्दा अन्तिम खेल लेबनानसँग खेल्नेछ। छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन्। यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन्। उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।
बन्द प्रशिक्षणमा पर्ने खेलाडीहरुः
गोलरक्षकः अर्पन कार्की, विशाल सुनार, अभिषेक बराल, पुजन होना, अञ्जन श्रेष्ठ, सूर्य अधिकारी, विष्णु केसी, आकाश राणाभाट, रोहित कार्की।
डिफेन्डरः सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, असिम भुसाल, रन्दिप पौडेल, विश्वास उदास, विशाल बस्नेत, रोमन लिम्बु, पृथ्वी चौधरी, अदिल हमिद, योगेश गुरुङ, रोशन दोङ, सोनित दाहाल।
मिडफिल्डरः नितिन थापा, सुरज जेउ ठकुरी, आयुष घलान, सेशेहाङ आङ्देम्बे, जय गुरुङ, अशोक थापामगर, दिनेश गुरुङ, अनिल महर्जन, राजिव लोपचन, शिशिर लेखी, रुमेश भर्टौला, आकाश बुढामगर, निरञ्जन महर्जन, दिपेश आले मगर, रजत तिवारी, रोशन राना मगर, एरिक बिष्ट।
फरवार्डः मनिष डागी, अभिषेक रिजाल, राजेश परियार, दर्शन गुरुङ, प्रिजन तामाङ, दिनेश हेमजन, रजिन सुब्बा, बुद्ध बल तामाङ, कैलाश लामिछाने।
Comment