काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको छ । गत साता शुक्रबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ४०० रुपैयाँ घटेर ९० हजार ३०० रुपैयाँमा कारोबार हुनेछ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन तेजावी सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ ।
यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेको महासंघले जनाएको छ । शुक्रबार एक हजार २१५ रुपैयाँमा कारोबार भएको चाँदीको आज आइतबार एक हजार १९५ रुपैयाँमा कारोबार हुनेछ ।
Comment