नेपालमा फोरजी प्रयोगकर्ता एक करोड नजिक ,एनसेलको मात्रै ५० लाखभन्दा धेरै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपालमा फोरजी प्रयोगकर्ताको संख्या एक करोड नजिक पुगेको छ ।

नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालभर अहिलेसम्म ९९ लाख ५४ हजार १ सय १९ जनाले फोरजी सेवा प्रयोग गर्दै आएका छन् ।

प्राधिकरणको तथ्यांक अनुसार नेपाल टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या ४७ लाख ४४ हजार ३ सय ४५ जना रहेका छन् ।

टेलिकमले १७ पुस २०७३ बाट फोरजी सेवा शुरू गरेको थियो । टेलिकमले २०७६ माघदेखि ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको थियो । तर, बल्ल पछिल्लो समयमा यसको फोरजी प्रयोगकर्ता बढ्न थालेका हुन्।

टेलिकमको थ्री जी प्रयोगकर्ताको संख्या भने १ करोड ४ लाख ३१ हजार ७ सय ३९ जना रहेका छन् ।

एनसेलको मात्रै ५० लाखभन्दा धेरै

प्राधिकरणको तथ्यांक अनुसार कुल फोरजी प्रयोगकर्तामध्ये एनसेलको मात्रै फोरजी प्रयोग गर्ने मानिसको संख्या ५० लाखभन्दा धेरै छ।

पछिल्लो तथ्यांक अनुसार अहिले एनसेलको फोरजी प्रयोगकर्ता ५० लाख ४२ हजार ९ सय ९८ जना रहेका छन् ।

एनसेलको २४ लाख ६२ हजार ५९६ जनाले थ्री जी सिमको प्रयोग गर्दै आएका छन् । त्यस्तै, स्मार्टसेलको भने १ लाख ६६ हजार ७ सय ४६ ग्राहकले फोरजी सेवा प्रयोग गरिरहेका छन् ।

एक महिनामै बढे झण्डै २३ लाख

गएको एक महिनामै झण्डै २३ लाख फोरजी प्रयोगकर्ता बढेका छन् । प्राधिकरणको तथ्यांक अनुसार गएको एक महिनामा २२ लाख ८९ हजार जना फोरजी प्रयोगकर्ता बढेका छन् ।

विभागको तथ्यांक अनुसार गत जेठ महिनासम्म फोरजी प्रयोगकर्ता ७६ लाख ६४ हजार ३५९ रहेका थिए ।

सरकारी स्वामित्वको नेपाल टेलिकम तथा निजी दूरसञ्चार सेवा प्रदायक एनसेल र स्मार्ट टेलिकमले फोरजी इन्टरनेट सेवा दिंदै आएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।