सङ्खुवासभा हत्याकाण्डका आरोपी पक्राउ,सार्वजनिक गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संखुवासभा हत्या प्रकरणका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। आरोपीले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ।  प्रहरी स्रोतका अनुसार हत्यारा स्थानीय बासिन्दा नै हुन्। प्रहरीका अनुसार हत्याकाण्डमा पक्राउ परेका आरोपि भतिजा नाता पर्ने व्यक्ति हुन्। उनले नै ६ जनाको हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ।

गत सोमबार बिहान सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएको थियो।  घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात रहेको प्रहरीले अनुमान गरेको थियो । सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले स्थानीय एक व्यक्तिलाई पक्राउ गरेपछि घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । 

प्रहरी स्रोतका अनुसार आरोपीले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीसमक्ष आफ्ना अपराध कबुल गरेको हो ।

बुद्धमान कार्कीका परिवारका ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।