‘कवड्डीको कोर्ट’ जस्तै बन्यो संसद, हेर्नुस् घम्साघम्सी र नाराबाजी गर्दाका दृश्य (फोटो फिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सभामुख अग्नि सापकोटाले प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोध र अवरोध छल्दै संसद बैठक अघि बढाएका छन्। 

सभामुखले शुक्रबार बसेका दुईवटा बैठकमा एमालेको नाराबाजीबीच बैठक अघि बढाउँदै अध्यादेश पेश गर्न दिएका छन्। सभामुखले बैठक नरोकेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद र मर्यादापालकहरुबीच संसद् बैठकमा भएको घम्साघम्सी भएको छ।

मर्यादापालक र एमाले सांसदबीचको घम्साघम्सीका क्रममा संसद बैठकको अघिल्लो लहरको एउटा टेबल नै भाँचिएको छ।  पहिलो बैठक १५ मिनेटलाई स्थगित गरेका सभामुखले दोस्रो बैठक सुरु गरेलगत्तै अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश टेबुल गर्न समय दिए। 

सभामुखबाट समय पाएपछि अर्थमन्त्री शर्मा दौडिएर रोस्ट्रममा चढ्दै आर्थिक अध्यादेश टेबुल गरेका छन्। एमालेको विरोधबीच सभामुखले पेलेरै अघि बढ्ने मुड बनाएपछि संसदमा सरकार र प्रतिपक्षीबीच तनाव अझै बढ्ने अवस्था आएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।