प्रचण्डलाई भेट्न खुमलटार पुगिन् एमसीसी उपाध्यक्ष फातिमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) को टोली नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भेट्न शुक्रबार बिहानै खुमलटार पुगेको छ। 

सुमारले प्रचण्डसँग भेटेर उनले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गर्ने बताइएको छ।

बिहीबार नेपाल आएकी उनले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवसँग पनि भेट गरेकी थिइन्।

फाथिमाले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ। माओवादी केन्द्रले बिना संशोधन एमसीसी पास नहुने बताउँदै आएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।