अर्जेन्टिनाको सहज जित, मेस्सीको ह्याट्रिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । दक्षिण अमेरिकी विश्वकप छनौटमा अर्जेन्टिनाले सहज जित निकालेको छ।  कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० ले हराएको हो। 

ब्युनर्स आयर्समा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियामाथि ३–० को सहज जित हात पारेको हो । कप्तान मेस्सीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गर्दै ह्याट्रिक पुरा गरे ।

अर्जेन्टिनाले १४औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट अग्रता लिएको थियो । उनले लियान्द्रो ड्यानियल पारेडेसको पासमा २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्न सफल भएका थिए ।

६४औं मिनेटमा कप्तान मेस्सीले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । उनले मार्टिनेजसँगको वान टु वान पासमा उत्कृष्ट फिनिसिङको नमुना पेश गरेका थिए ।

८९औं मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दै अर्जेन्टिनालाई ३–० को सहज जित दिलाए । अर्जेन्टिनाबाट १५३ खेलमा उनको यो ७९औं गोल हो ।

यो जितसँगै दक्षिण अमेरिकी छनोटमा अपराजित रहेको अर्जेन्टिनाको ८ खेलबाट १८ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले ५ जित र ३ बराबरीको नतिजा निकालेको छ । पराजित बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।