सभापति पदमा हाम्रो एउटै उम्मेदवार हुन्छः रामचन्द्र पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कांग्रेसको रामचन्द्र पौडेल पक्षले पार्टीको आसन्न महाधिवेशनमा साझा उम्मेदवार घोषणा गर्ने संकल्प गरेको छ । 

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा उपयुक्त नेतालाई सभापति पदमा अघि बढाउने वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।

‘कि तपाईंहरूलाई यति मात्रै भन्छु, कि हामी एउटा मात्रको सभापति पदको उम्मेदवारी सल्लाह गरेर दिन्छौं, सबै साथीहरू ढुक्क रहनुहोस्, म हार्दिक अनुरोध गर्दछु।’

पार्टीलाई व्यक्तिवादीभन्दा पनि विधानअनुसार सामूहिक नेतृत्व प्रणालीबाट अघि बढाउन चाहेको पनि उनको भनाइ छ।

कुन पदमा कसले उम्मेदवारी दिँदा उपयुक्त हुन्छ ? त्यसको आधारमा आपसी सल्लाहमा उम्मेदवारी तय हुने उनले बताए।

पत्रकार सम्मेलनमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, नेताहरू डा. शेखर कोइराला, सुजाता कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, गगन थापालगायत सहभागी थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।