अब ट्राफिकको चिटमै क्यूआरकोड, जरिवाना तिर्न बैंक जानु नपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । ट्राफिक नियम उल्लंघन गर्ने चालकले अब क्‍यूआर कोडबाटै जरिबाना भुक्तानी गर्नसक्ने भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापतको जरिबानालाई क्‍यूआर कोडमार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएको हो । 

नियम उल्लंघन चालकले यसअघि जरिबाना तिर्न बैंकमा जानुपर्नेमा अब क्यूआर कोडमार्फत मोबाइलबाटै भुक्तानी गर्नसक्ने महाशाखाका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्मा दासले बताए ।

‘ट्राफिक नियम उल्लंघन गरेका चालकले प्रहरीलाई बुझाउन जरिबाना अब क्युआर कोडमार्फत सरकारी राजस्व खातामा रकम जम्मा गर्नसक्ने छन्,’  उनले जानकारी दिए ।क्युआर कोडमार्फत भुक्तानी तिर्नसक्ने व्यवस्था भएपछि बैंकमा लाइन लाग्नुपर्ने बाध्यता हटेको उनले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।