डा. गोविन्द केसीसँगको सम्झौता कार्यान्वयन गर्न समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । डा. गोविन्द केसीसँग गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि सरकारले समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समिति गठन भएको हो।

समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सदस्य रहेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १ गते ५ बुँदे प्रतिबद्धता जनाएपछि ३ भदौबाट बस्ने भनिएको डा. केसीको अनसन स्थगित भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।