यस्ता छन् गीतामा अर्जुनलाई भगवान श्रीकृष्णले दिएका उपदेशहरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । खासमा मानिस जन्मिएपछि मर्छ यो ध्रुर्वसत्य कुरा हो। तैपनि मान्छे मर्नबाट डराउँछ। भावनामा बग्छ मान्छे , भन्छ ‘जीवन कर्कलाको पानी’ हो। कहिलेकाहिं कठोर बन्छ मान्छे, स्वार्थमा लिप्त हुन्छ। त्यतिबेला उसले के गर्नु हुन्छ र के हुँदैन भन्ने बिर्सिएको हुन्छ। हो यस्तै कठोरता र भावना कुनैले पनि खासमा राम्रो गर्दैन। यही ज्ञान सबैलाई दिलाउनका लागि हिन्दु धर्ममा एउटा महान ग्रन्थ छ, गीता । यसमा अर्जुनलाई भगवान श्रीकृष्णले दिएका उपदेशहरु वर्णन गरिएको छ। जुन अहिले पनि मानवजीवनका लागि अति नै उपयोगी छन्। अर्जुन कर्मबाट विमुख भएपछि श्रीकृष्णले उनलाई केहि उपदेश दिए। त्यही उपदेश नै गीता हो।

गीताको जीवन दर्शन

गीताको जीवन दर्शन अनुसार मानिस महान छ। अमर छ, यसमा असीम शक्तिको भण्डार छ । गीतालाई संजीवनी विद्याको संज्ञा पनि दिइएको छ। मानिसको कर्तव्य के हो ? यसैको बोध गराउनु गीताको परम लक्ष्य हो। श्रीकृष्णले यस उपदेशपछि अर्जुनलाई कर्तव्यपथमा अडिग रहन प्रेरित गरे । अन्ततः अर्जुनले युद्ध लडे। असत्यमाथि सत्यको जीत भयो।

गीतामा ७ सय श्लोक

गीतामा कुल सात सय श्लोक छन्। गीतालाई ज्ञानको सर्वोच्च स्थान दिइएको छ । ज्ञानको प्राप्तीले नै मानिसको सबै जिज्ञासाको समाधान हुन्छ। त्यसैले गीतालाई सर्वशास्त्रमयी पनि भनिन्छ। गीताको सार हो, कर्म गर, फलको आशा नगर। जब हामी फलको इच्छा राखेर काम गर्छौ, यदि त्यो प्राप्त भएन भने दुःखी हुन्छौं। त्यसैले सुखी रहनका लागि केवल काम गरौं, त्यो पनि निष्काम भावले।

ज्ञानको अद्भूत भण्डार

श्रीमद्भागवत गीता ज्ञानको अद्भूत भण्डार मानिन्छ। गीताले हाम्रो सोच्ने, हेर्ने र बुझ्ने तरिकामा परिवर्तन ल्याइदिन्छ। जीवन र जगतको वृहत्तर ज्ञान यसबाट आर्जन हुन्छ। यसले संकटमा जुध्न पनि प्रेरणा दिन्छ। हामी कुनैपनि काम गरेपछि तुरुन्तै त्यसको नतिजा चाहन्छौं तर विद्वानहरु भन्छन् , धैर्य नहुँदा अज्ञान, दुःख, मोह, क्रोध, काम र लोभबाट निवृत्ति मिल्दैन। गीताले मानव मात्रको जीवनमा प्रतिक्षण आउने सानाठूला संग्रामको सामना गर्न शक्ति दिन्छ।

के छ त गीतामा ?

१. जन्म लिनेका लागि मृत्यु उत्तिकै निश्चित छ। जसरी मृत्यु हुनेले जन्म लिन्छ । त्यसैले जुन कुरा अपरिहार्य छ, त्यसमा शोक नगरौं।

२. नर्कको तीन द्वार छ, क्रोध, वासना र लालचा। अर्थात् हामीले भन्ने गरेको नर्कको स्रोत भनेको रिस, राग, क्रोध, वासना नै हो । यसले हाम्रो जीवन नै नर्कमय बनाइदिन्छ।

३. क्रोधले भ्रम पैदा हुन्छ । भ्रमले बुद्धि व्यग्र हुन्छ। जब बुद्धि व्यग्र हुन्छ, तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ, तब व्यक्तिको पतन हुन थाल्छ।

४. कतिपय काम नगर्नु नै उत्तम हुन्छ । कति काम भने गर्नैपर्छ।

५. सधै शंका उपशंका गर्ने, गुनासो गर्ने व्यक्तिको लागि कुनैपनि लोकमा सुख मिल्दैन ।

६. जसले आफ्नो मनलाई नियन्त्रण गर्न सक्दैनन् , त्यो मन शत्रु बराबर हो ।

७. जो व्यक्ति गुनासो गर्छन् , उसलाई कहिले पनि सुख मिल्दैन ।

८. मन एकदमै चन्चल हुन्छ । त्यसैले यसलाई नियन्त्रण गर्न कठिन हुन्छ । यद्यपी अभ्यासले यसलाई वसमा राख्न सकिन्छ ।

९. यस जीवनमा कुनैपनि कुरा व्यर्थ हुन्छ ।

१०. व्यक्तिले जे चाहन्छन् , त्यो बन्न सक्छन् । यद्यपी त्यसका लागि आफ्नो इच्छालाई पूर्ण विश्वासका साथ स्मरण गर्नुपर्छ ।

११. जो वास्तविक छैन, त्यसबाट कहिले पनि डर मान्नु हुँदैन ।

१२. हरेक व्यक्तिको विश्वास उसको स्वभाव अनुसार हुन्छ ।

१३. जुन कर्म प्राकृतिक हुँदैन, त्यसले जहिले पनि तनाव दिन्छ ।

१४. एक ज्ञानवान व्यक्ति कहिले पनि कामुक सुखमा आनन्द लिदैन ।

१५. कर्मयोग एक ठूलो रहस्य हो ।

१६. जब व्यक्तिले आफ्नो काममा आनन्द लिन्छ, तब ऊ पूर्ण ठहरिन्छ ।

गीताको बारेमा केही तथ्य

– यो विश्वकै महान् ग्रन्थमा एक हो।

– गीता एकमात्र यस्तो ग्रन्थ हो, जसको जयन्ती मनाइन्छ।

– गीताको पृष्टभूमी महाभारतको युद्ध हो।

– श्रीमद्भागवत गीताको १८ अध्यायय छ र महाभारतको युद्ध पनि १८ दिन नै चलेको थियो ।

– अर्जुनलाई भगवन कृष्णले गीताको उपदेश दिएका थिए ।

– गीताको भनाई के छ भने, आफ्नो कतव्र्य पालनमा लाभ हानीबारे सोच्नु हुँदैन ।

– गीताको ७ सय श्लोकमा त्यस समस्याको समधान छ, जो हरेक व्यक्तिले कहिले न कहिले सामना गरिरहनु पर्छ।

– गीता खासमा अनुपम जीवन ग्रन्थ हो । जीवन उत्थानका लागि यसको स्वाध्याय हर व्यक्तिले गर्नुपर्छ।

खासमा गीताले दिएको सार बुझ्ने हो भने हामीले सुख पाउन गाह्रो छैन। तर हामी अरुको डाहा गर्छौं, अरुको आलोचनामै समय सक्याउँछौं भने जीवनमा दुःखबाट कहिले पनि मुक्ति पाउँदैनौं । यथार्थमा जीवनमा आफू अरुको साहारा बन्न सकियोस र अरुको भर पर्नु नपरोस् भन्नेहरुले गीतालाई आधार बनाएर सुख पाउन सक्छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।