लगातार तेस्रो जित निकालेको टोटनहम शीर्ष स्थानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी।टोटेनहमले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ। आइतबार घरेलु मैदानमा भएको खेलमा वाट्फोर्डलाई १–० गोल अन्तरले पराजित गर्दै टोटेनहमले लगातार तेस्रो जित निकालेको हो।  

टोटेनहमलाई जित दिलाउन एक मात्र निर्णायक गोल ह्युङ मिन सनले  गरे। सनले खेलको ४२औँ मिनेटमा फ्रि किकबाट गोल गरेका थिए । 

जितसँगै टोटेनहम लिगको शीर्ष स्थानमा उक्लिएको छ । टोटेनहमले ३ खेलमा सत प्रतिशत जितसहित ९ अंक जोडेको छ । पराजित वाट्फोर्डले ३ खेलमा ३ अंक जोडेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।