भोलि अर्थात अगष्ट ३० देखि टुरिस्ट भिसामा नेपालीलाई युएई प्रवेश खुला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आवाशिय भिषा बाहकलाई मात्र दुबई प्रवेशको अनुमती दिएको दुबई सरकारले अगष्ट ३० देखि भिजिट भिषा बाहकलाई पनि दुबई प्रवेश गर्न दिने भएको छ । 

कोरोना विरुद्धको पुरा खोप (दुवै डोज) लगाएका सबै देशका नागरिकलाई यही अगष्ट ३० देखि टुरिस्ट भिसा जारी गर्ने यूएईको आधिकारिक निकायलाई उद्धृत गदै स्थानीय सञ्चार माध्यम खालिज टइम्सले खबर लेखेको छ ।  

टुरिस्ट भिसाको लागि आवेदन दिनेहरूले विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको मध्ये कुनै एक खोप पूर्ण रूपमा लगाएको हुनु पर्नेछ । 

यूएई सरकारको यो निर्णयले यसअघि कोरोनाको कारण यात्रामा प्रतिबन्ध लगाएको देशलाई पनि खुला गरेको छ । 

टुरिस्ट भिसामा यूएई जानेले पनि ¥यापिड पीसीआर परीक्षण गरेको हुनुपर्नेछ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।