राष्ट्रपतिद्वारा प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

शर्मा नेपालको संविधानको धारा २६७ को उपधारा ९ ५० बमोजिम मन्त्रीपरिषद्‌को सिफारिसमा प्रधानसेनापतिमा नियुक्त भएका हुन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त हुँदैछ । मन्त्रिपरिषद्‌को साउन १२ गतेको बैठकले शर्मालाई कायममुकायम प्रधानसेनापति तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।