ओमानमा नेपाली क्रिकेट टोलीको पहिलो अभ्यास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँगको खेलका लागि ओमान पुगेको नेपाली टिमले पहिलो दिनको प्रशिक्षण गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले  बिहीबार ओमान पुगेको टोलीले पहिलो प्रशिक्षण पूरा गरेको जनाएको हो  ।  ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरेको थियो । तीब्र गतिका बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।  

नेपाल, ओमान र अमेरिकाबीचको सिरिज २८ भदौदेखि ४ असोजसम्म आयोजना हुनेछ ।  सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ । नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ (भदौ २० र २३) मा खेल्ने क्यानले जनाएको छ।

नेपाली टिम–

ज्ञानेन्द्र मल्ल (कप्तान),  कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आशिफ शेख, गुलशन झा, कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, अविनाश बोहरा, शुशन भारी,शरद भेषवाकर,बिक्रम शोब, पवन सर्राफ,रोहित कुमार ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।