२ लाख नगद र चेक सहित ११ जुवाडे पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर ।   ललितपुरको इमाडोलमा संचालित जुवा खालमा प्रहरीले छापा मारेको छ । 

खालबाट रकम हार–जित हुनेगरी जुवा खेलिरहेका ११ जना जुवाडेलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले  बताइन् ।  

पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका घर भएका अमित कुमार केसी, सन्तोष केसी, अनिल महर्जन, केदार नेपाल, दिनेश केसी र ललितपुरको गिम्दी घर भएका सरोज कुमार रुम्बा सहित ११ जना छन् ।

प्रहरीले जुवा खालबाट २ लाख ३४ हजार नगद र २० हजारको चेक बरामद गरेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।