रौतहटका एसपी शाहलाई बयानका लागि प्रहरी प्रधान कार्यालय झिकाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  पत्रकारलाई झुठा लागुऔषको मुद्दामा फसाएको खुलेपछि रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय तानिएका छन् ।

लागू औषध मुद्दामा प्रहरीले पत्रकारलाई फसाएको विषय सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले एसएसपी कृष्णकुमार महतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले काम सुरु गरेकै दिन एसपी शाहलाई काठमाडौं बोलाइएको हो ।

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले लागूऔषध मुद्दामा निर्दोष पत्रकार तानिएपछि बयानका लागि काठमाडौं बोलाइएको जानकारी दिए ।

गत साउन ३२ गते प्रहरीले लागुऔषधसहित पत्रकार मोहम्मद मोजिबुल्लाहलाई पक्राउ गरेको थियो । मोहम्मद मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा प्रहरीले लागुऔषध राखेको खुलेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।