यी हुन् नेपालको पक्षमा सनाखत गर्ने केन्द्रीय सदस्य र सांसद (नामावलीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसद निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् ।

नयाँ दल दर्ता प्रयोजनका लागि गरेको बुधबार निर्वाचन आयोगले गरेको सनाखतमा केन्द्रीय सदस्य २७ प्रतिशत र २४.७९ प्रतिशत सांसदहरू खुलेका हुन् ।

दल दर्ताका लागि सनाखत गरेका ५५ जना केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गरिएको हो । तर, सनाखत गरिएका चार जनाको नाम सूचीमा दोहोर्‍याइएको छ ।

सनाखत गरेका केन्द्रीय सदस्यहरुमा माधव नेपाल, मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमार झाँक्री, निरादेवी जैरू, प्रेमबहादुर आले, मेटमणि चौधरी, सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन, कृष्णकुमार श्रेष्ठ, कलिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, पार्वतीकुमार विशुंके, लक्ष्मी चौधरी, विना बुढाथोकी, बेदुराम भुसाल, शेरबहादुर कुँवर, डगेन्द्र प्रकाश पुरी, उदय शर्मा (पौड्याल) सिंगबहादुर विश्वकर्मा रहेका छन् । 

त्यसैगरी नन्दा चपाइँ, शान्तिकुमारी अधिकारी जिसी, सावित्रा भुसाल, गौरा प्रसाईं कोइराला, रामकुमार ज्ञवाली, खगेन्द्र्र चुँडाल, सरलाकुमारी यादव, सुधिर प्रसाद साह, शत्रुधन महतो, रामचन्द्र साह, दिनेशकुमार राई, हंशबहादुर शाही, भागवत नेपाली, चुडामणि विक जंगली, घनेन्द्र बस्नेत, राजेन्द्रकुमार राई, बलदेव चौधरी, डा.देउमान सम्वाहाङ्फे, भास्कर काफ्ले, कृष्णप्रसाद खनाल, महम्मद महफुज अन्सारी, हरिप्रसाद पराजुली र केदार न्यौपानेले सनाखत गरेका छन् । 

तर, सूचीको ३ र ३७ नम्बरमा कल्याणीकुमारी खड्का, ६ र ३१ नम्बरमा रामकुमारी झाँक्री, ७ र ४३ नम्बरमा निरादेवी जैरू र ८ र १४ मा प्रेमबहादुर आलेको नाम दोहोर्‍याइएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।