सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ घटेको हो ।

मंगलबार प्रतितोला ९१ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज ३०० रुपैयाँ घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य भने बढ्यो । आज चाँदीको मूल्य १० रुपैयाँ बढेर प्रतितोला १२१० रुपैयाँ कायम भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।