माओवादी केन्द्रमा जिम्मेवारी हेरफेर, प्रवक्ताको जिम्मेवारी महरालाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रवक्ताको जिम्मेवारी दिएको छ।

माओवादी स्थायी समिति बैठकपछि अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी परिपत्रमा महरालाई प्रवक्ताको जिम्मेवारी दिएको उल्लेख छ। नारायणकाजी श्रेष्ठले प्रवक्ता छोडेपछि महरालाई जिम्मेवारी दिइएको हो।

यससँगै माओवादी स्थायी समितिले श्रेष्ठलाई प्रवास विभाग प्रमुखको जिम्मेवारी दिएको छ। त्यस्तै, अर्थमन्त्री समेत रहेका जनार्दन शर्मालाई संगठन विभाग प्रमुख बनाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।