लागुऔषध गाँजासहित विमानस्थलबाट एक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ सय ग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ। 

ग्याष्ट्रिकको औषधिको सिल बट्टाभित्र गाँजा लुकाई कतार लैजान लागेका चितवन खैरेनी– १० का २९ वर्षीय बुद्धिराज पाठकलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएका प्रहरी टोलीले विमानस्थल परिसरबाट पक्राउ गरेको हो। 

प्रहरीका अनुसार उनले कालो रंगको लगेजभित्र लागुऔषध राखेका थिए। अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा स्क्रिनिङ गर्ने क्रममा शंकास्पद पदार्थ फेला परेपछि उनलाई प्रहरीले पक्राउ गरेको ब्युराेका प्रमुख एसएसपी हृदय थापाले बताए। उनीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।