निषेधाज्ञा एक साता थप, राति ८ बजेपछि पनि सवारी चलाउन पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा भदौं १६ सम्मको लागि थप गरिएको छ ।

मंगलबार बसेको तीन जिल्लाको प्रमुख जिल्ला अधिकारीको बैठकले  निषेधाज्ञा भदौं १६ गतेसम्म थप्ने निर्णय गरेको छ। यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आज सकिदैछ ।

काठमाडौं उपत्यकाभित्र बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ। थप गरिएको निषेधाज्ञामा पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिइएको छ। बेलुका ८ बजेपछि अत्यावश्यकबाहेकका निजी तथा सार्वजनिक सवारीसाधन चल्न नपाउने नियम भने घटेको छ ।

निषेधाज्ञामा विभिन्न प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ ।

हाल सार्वजनिक स्थानमा भीडभाड गर्न, सभा सम्मेलन र जुलुस गर्न रोक लगाइएको छ । प्रशासनले जात्रा, महोत्सवमा पनि निषेध गरेको छ, तर यो गतिविधि भने रोकिएको छैन । शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठन-पाठन निषेध छ । मनोरञ्जन र खेलकुदका क्षेत्रमा पनि निषेध छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।