‘तपाईंको मास्क खोई ?’ कार्यक्रममा प्रहरीले बाड्यो २३ हजार ६ सय ३३ निःशुल्क मास्क वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल प्रहरीद्धारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमले तीव्रता पाएको छ ।  

कोभिड १९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि  सञ्चालित कार्यक्रममा गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ८ लाख २२ हजार २ सय ५२ जनालाई निः शुल्क मास्क वितरण गरिएको छ ।

कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २३ हजार ६ सय ३३ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ९६ जनालाई ९ हजार ६ सय रुपैयाँ जरिवाना गरिएको छ ।

उक्त क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ६ हजार ७ सय ७६ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।

साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको २ सय ४ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत २८ हजार ५१ जनालाई सचेत गराइएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।
 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।