भ्यालुयर्स एसोसिएसनका सदस्यहरूले परिचयपत्रकाे आधारमा खाेप लगाउन पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल भ्यालुयर्स एसोसिएसनमा आबद्ध सम्पूर्ण सदस्यहरूले  कोरोनाको खोप लगाउन पाउने भएका छन् ।

नेपाल भ्यालुयर्स एसोसिएसनका अध्यक्ष ई. ऋषि कोइराला सहित बज्रमानसिंह थापा, सञ्जय महतो, दिनेश पाठक लगायतका व्यक्तिहरूले शुक्रबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर आफूहलाई खोप उपलब्ध गराउनको लागि आग्रह गरेसँगै खोप उपलब्ध हुने भएको हो ।

भेटपछि शुक्रबारबाटै एसोसिएसनमा आवद्ध सदस्यहरूलाई खोपको प्रबन्ध गर्नको लागि सिफारिस गरिएको छ ।

एसोसिएनमा आवद्ध सदस्यहरूले खोप लगाउनको लागि एसोसिएसनले उपलब्ध गराएको परिचयपत्र लिएर आफूलाई पायक पर्ने जुनसुकै खोप केन्द्रमा गएपनि खोप उपलब्ध हुने एसोसिएनले जनाएको छ ।

आफूहरूको संस्थामा आवद्ध सदस्यहरूलाई खोप लगाउनको लागि आवश्यक प्रबन्ध मिलाइदिएकोमा उक्त कार्यमा संलग्न हुने सबै सरोकारवाला पक्षलाई कृतज्ञता सहित एसोसिएसनका अध्यक्ष ईं ऋषि कोइरालाले हार्दिक धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।