कोरोना संक्रमणबाट कलाकार शम्भुराज थापाको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ। कोरोना संक्रमणबाट थापाको निधन भएको हो।

शनिबार विहान ४:४० बजे पाटन अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । एक महिनाअघि कोरोना संक्रमण भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो। उनको ६४ वर्षको उमेरमा निधन भएको हो।

कोरोना सक्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो । थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए। थापाकी श्रीमती, एक छोरो र एक छोरी छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।